दक्षिण अफ्रिकाले चेक गणतन्त्रलाई बराबरीमा रोक्यो

२०८३ अषाढ़ ०५ शुक्रवार
सारांश
  • चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ ।

काठमाण्डौ, ०५ अषाढ़ । तेबोहो मोकोएनाले खेलको ८३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई विश्वकपमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी दिलाएका छन् ।

 

चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ ।

 

सुरुआती दबाबपछि दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । अन्ततः ८०औँ मिनेटपछि थापेलो मासेकोको प्रहार चेक खेलाडी पाभेल सुल्कको हातमा लागेपछि पेनाल्टी पाएको थियो । मोकोएनाले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई एक अंक दिलाएका थिए ।

 

यो बराबरीले दुवै टोलीको नकआउट चरण प्रवेश सम्भावना खुला नै राखेको छ । समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया माथिल्लो स्थानमा छन् भने दक्षिण अफ्रिका र चेक गणतन्त्रले अन्तिम समूह चरणका खेलमा जित निकाल्नुपर्ने दबाबमा रहेका छन् ।

 

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २५ मा दक्षिण कोरियासँग खेल्ने छ भने चेक  गणतन्त्रले सोहि दिन मेक्सिकोसँग खेल्ने तालिका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार