- अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ ।
काठमाण्डौ, २० चैत्र । अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि चाँडै सुरु गर्न सक्ने संकेत देखिएको छ ।
रिपोर्टका अनुसार कर्मचारीहरूले बिहान इमेलमार्फत सेवाबाट हटाइएको सूचना पाएका थिए । सोही दिनलाई अन्तिम कार्यदिवस तोकिएको र केही समयमै कार्यालयका सबै प्रणालीमा पहुँच बन्द गरिएको थियो । कम्पनीले भने हालसम्म यस्तो निर्णयको स्पष्ट कारण सार्वजनिक गरेको छैन ।
कर्मचारीलाई पठाइएको सन्देशमा कम्पनीको वर्तमान आवश्यकताअनुसार संगठनमा ठूलो परिवर्तन गर्दै पद कटौती गरिएको उल्लेख गरिएको छ । साथै, कामप्रतिको योगदानका लागि धन्यवाद दिँदै आवश्यक प्रक्रिया पूरा गरेपछि सेवा अन्त्य सुविधा उपलब्ध गराइने पनि जनाइएको छ ।
कम्पनीका एक वरिष्ठ अधिकारीले सामाजिक सञ्जालमार्फत वरिष्ठ इन्जिनियर, प्राविधिक विशेषज्ञ, कार्यक्रम व्यवस्थापक लगायतका कर्मचारी प्रभावित भएको बताएका छन् । उनले यो निर्णय कार्यसम्पादनका आधारमा नभएको स्पष्ट पारेका छन् ।
यसबीच, केही रिपोर्टमा कम्पनीले कृत्रिम बौद्धिकता क्षेत्रमा ठूलो लगानी गरिरहेको र त्यसकै कारण कर्मचारी संख्या घटाइएको उल्लेख गरिएको छ । नयाँ प्रविधिको प्रयोगले कम जनशक्तिबाट बढी काम गर्न सकिने भएकाले यस्तो कदम चालिएको बताइएको छ ।
विशेषज्ञहरूले यसलाई ‘लुकेर गरिने जागिर कटौती’ का रूपमा व्याख्या गरेका छन्, जहाँ कम्पनीहरूले ठूलो घोषणा नगरी विस्तारै कर्मचारी घटाउँदै जान्छन् । पछिल्ला महिनामा अन्य ठूला प्रविधि कम्पनीहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ ।
ओरेकल सन् १९७७ मा स्थापना भएको अमेरिकी कम्पनी हो, जसले डेटा व्यवस्थापन र क्लाउड सेवा प्रदान गर्दै आएको छ । विश्वभरका बैंक, सरकारी निकाय र ठूला व्यवसायहरूले यसको प्रविधि प्रयोग गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।