नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह

२१ बैसाख, २०८३, सोमवार
सारांश
  • यो अध्ययन वारविक विश्वविद्यालयका खगोलविदहरूले गरेका हुन् । अध्ययनको नतिजा ‘मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ । अनुसन्धान टोलीले चार वर्षको अवधिमा सङ्कलित २२ लाखभन्दा बढी ताराको तथ्याङ्क विश्लेषण गरेको थियो ।

काठमाडौँ: खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह रहेको जनाइएको छ ।

 

यो खोज नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे उपग्रह अभियानबाट सङ्कलित तथ्याङ्कको विश्लेषणबाट गरिएको हो । अध्ययनका क्रममा केही दुर्लभ र चरम प्रकृतिका ग्रह पनि फेला परेका छन्, जसले आफ्ना ताराको अत्यन्त नजिक अत्यधिक गतिमा परिक्रमा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ भनिने अन्तरिक्षको दुर्लभ क्षेत्रमा रहेका ग्रह पनि पहिचान गरिएको छ,  विशेष गरी ताराको नजिक रहेका अवस्थामा, जहाँ नेप्च्यून आकारका मध्यम ग्यासीय ग्रह अत्यन्त कम पाइन्छन् । 

 

यो अध्ययन वारविक विश्वविद्यालयका खगोलविदहरूले गरेका हुन् । अध्ययनको नतिजा ‘मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ । अनुसन्धान टोलीले चार वर्षको अवधिमा सङ्कलित २२ लाखभन्दा बढी ताराको तथ्याङ्क विश्लेषण गरेको थियो ।

 

आधुनिक अन्तरिक्ष अनुसन्धानमा हजारौँ सम्भावित ग्रहका संकेत भेटिने भए पनि वास्तविक ग्रह र झूटा संकेत छुट्याउन कठिन हुने गर्छ । ‘रेभन’ उपकरणले यही समस्या समाधान गर्न सहयोग गरेको छ । यसलाई लाखौँ नमुना तथ्याङ्कमा तालिम दिइएको छ, जसले ताराको उज्यालोपन घट्नुको कारण ग्रह हो वा अन्य खगोलीय घटना हो भन्ने छुट्याउन सक्छ ।

 

अनुसन्धानकर्ताहरूले विशेष गरी ती ग्रहमा ध्यान दिएका छन्, जसले आफ्ना ताराको नजिक परिक्रमा गर्दै १६ दिनभन्दा कम समयमा एक फन्को पूरा गर्छन् । अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. मरिना लाफार्गा म्याग्रोका अनुसार ‘रेभन’ को सहयोगले ११८ नयाँ ग्रह पुष्टि गरिएको छ भने २ हजारभन्दा बढी उच्च सम्भावना भएका ग्रह पहिचान भएका छन्, जसमध्ये करिब १ हजार नयाँ छन् ।

 

नयाँ खोजमा अति छोटो समयमै परिक्रमा गर्ने ग्रह पनि समावेश छन्, जसले २४ घण्टाभन्दा कम समयमा आफ्ना ताराको एक फन्को पूरा गर्छन् । साथै ‘नेप्च्यूनियन डेजर्ट’ क्षेत्रमा रहेका दुर्लभ ग्रहसमेत यसमा समेटिएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार