नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स

२०८२ श्रावण ३१ शनिवार
सारांश
  • आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रुपमा लिएको छ ।

काठमाडौं: नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ । 


आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल (भख्त्इी० फ्लाइङ ट्याक्सी  सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो । 


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।


आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रुपमा लिएको छ ।


‘१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार