भारत–इयु स्वतन्त्र व्यापार सम्झौताले नेपालको गार्मेन्ट व्यवसायमा कस्तो असर पर्ला ?
२०८२ माघ १७ शनिवार
- आन्तरिक बजारमा ध्यान दिँदै रणनीतिक योजना बनाउनु अहिले अत्यावश्यक छ ।
भारत–युरोपेली संघ बीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको र्गामेन्ट व्यवसायलाई चुनौतीपूर्ण बनाउने देखिएको छ । हालै आयोजित एक कार्यक्रममा व्यवसायीहरूले यस सम्झौता र त्यसको सम्भावित प्रभावबारे आफ्नो चिन्ता व्यक्त गरे ।
सोही विषयमा विज्ञहरुसँग यस मिडियाले गरेको अन्र्तक्रियामा, पूर्व अर्थ सचिव मधु मरासिनीले भने, “नेपालको भारतीय बजारमा निर्यात र आयात दुवैमा निर्भरताले हामीलाई भारतले गर्ने प्रत्येक स्वतन्त्र व्यापार सम्झौताहरू नजिकबाट र गहिरो विश्लेषण गर्न बाध्य बनाएको छ । नेपाल नोभेम्बर २०२६ मा कम विकसित देश (एलडीसी) बाट स्नातक हुँदैछ । अहिलेसम्म हामी इयुको इबिए योजना अन्तर्गत लाभ उठाउँदै आएका छौं । तर स्नातकपछि जिएस्पी प्लस प्रणालीमा स्थानान्तरण गर्नुपर्नेछ ।” उनले थप भने, “तीन वर्षको समायोजन अवधि दिइए पनि समयअघि हुने वार्ता निर्णायक हुनेछ । भारतले २०२५ मा बेलायतसँग गरेको स्वतन्त्र व्यापार सम्झौताले पनि के देखाउँछ भन्दा नेपालले यस्ता सम्झौताहरुको दुष्प्रभावबाट बच्न भारतको भ्यालु चेनहरू सँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनु आवश्यक छ ।”
त्यस्तै वरिष्ठ अर्थशास्त्री डा. पोष राज पाण्डेको सुझावमा, “अब आन्तरिक बजारमा र्गामेन्ट आपूर्तिमा ध्यान केन्द्रित गर्ने समय आएको छ । केवल विदेशी बजारमा मात्र निर्भर रहनुले नेपालको व्यापार बदलिँदो विश्व आर्थिक र राजनीतिक परिस्थितिमा संवेदनशील बन्नेछ । त्यसैले नेपाली उत्पादकहरूले स्वदेशी उपभोक्ताको आवश्यकता र प्राथमिकताको अध्ययन गरेर त्यही अनुसार व्यापार सञ्चालन गर्नुपर्ने आवश्यकता अहिलेको अवस्थाले सृजना गरेको छ ।”
अर्थशास्त्री र भविष्यका लागि संस्था 'इन्स्टिच्युट फर फ्युचर'का अध्यक्ष भोजराज पौडेलले भने, “भारत–युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौता वा अन्य कुनै पनि विश्वव्यापी आर्थिक विकासलाई प्रतिक्रियात्मक दृष्टिले मात्र हेर्नु हुँदैन । उनले जोड दिदै भने कि सम्बन्धित संस्थाहरूले यसको जिम्मेवारी लिनु र चलिरहेका विश्वव्यापी घटनामा नजिकबाट निगरानी राख्नु आवश्यक छ । विशेषज्ञ र सञ्चार माध्यमले सुझाव दिन सक्छन्, तर आर्थिक र व्यापार क्षेत्रहरूमा काम गर्न बनाइएका विशेष संस्थाहरूले मात्र दिगो र सार्थक परिवर्तन ल्याउन सक्छन् । त्यसैले यी संस्थाहरूको क्षमता सुदृढ गर्नु, राजनीतिक रूपमा नियुक्त कर्मचारीहरूको समीक्षा गर्नु, र विशेषज्ञ तथा प्राविधिकहरूलाई प्रभावकारी रूपमा प्रणालीलाई मार्गदर्शन र नेतृत्व गर्न नियुक्त गर्ने व्यवस्था गर्नु अत्यावश्यक छ ।”
विशेषज्ञहरूले निष्कर्षमा भने, नेपालले विदेशी बजारमा मात्र निर्भर रहनु हानीकारक हुन सक्छ । आन्तरिक बजारमा ध्यान दिँदै रणनीतिक योजना बनाउनु अहिले अत्यावश्यक छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
२९ खर्ब ६१ अर्ब १९ करोड पुग्यो सार्बजनिक ऋण
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
-
वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
-
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।