आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
२०८३ असार ०३ बुधवार
- उनले वर्तमान सरकारले बजेट तयारीका लागि पर्याप्त समय नपाए पनि उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याउन प्रयास गरेको दाबी गरेका छन् ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई वार्षिक बजेटमा सीमित नराखी वर्षभरि नै नीतिगत निर्णयमार्फत कार्यान्वयन गर्ने सरकारको रणनीति रहेको बताएका छन् ।
आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था नरहेको बताउदै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट नीतिगत निर्णयमार्फत निरन्तर सुधारका काम अघि बढाउन सकिने बताए ।
उनले भनेका छन्- 'निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्दैन भन्ने हाम्रो स्पष्ट विश्वास हो । कसैको दबाब वा मागका आधारमा होइन, खुला रूपमा व्यवसाय गरौँ, कर तिरौँ र गर्विलो नागरिक बनौँ भन्ने उद्देश्यका साथ हामीले कर तथा नीतिगत सुधार अघि सारेका हौँ । केहि सुधार गर्नुपर्ने भएमा अर्को बजेट कुर्नु पर्दैन । मन्त्रिपरिषदबाट र मन्त्रीस्तरबाट पनि गर्न सकिन्छ ।'
उनले वर्तमान सरकारले बजेट तयारीका लागि पर्याप्त समय नपाए पनि उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याउन प्रयास गरेको दाबी गरेका छन् ।
विगतमा निजी क्षेत्रप्रति सार्वजनिक रूपमा नकारात्मक धारणा व्यक्त गर्ने तर व्यवहारमा उनीहरूमै निर्भर रहने दोहोरो प्रवृत्ति अन्त्य गर्ने प्रयास गरिएको उनको भनाइ थियो । उनले भने- 'हामीले दोहोरो चरित्र त्यागेका छौँ । निजी क्षेत्रलाई गाली गर्ने तर उनीहरूकै सहयोगमा राजनीति चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । जे हो, त्यही स्पष्ट रूपमा भन्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढेका छौँ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
२९ खर्ब ६१ अर्ब १९ करोड पुग्यो सार्बजनिक ऋण
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
-
वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
-
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।