दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
३० असोज, २०८३
- नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।
काठमाडौँ : नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बडादसैँका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को व्यवस्था अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने प्रावधान थियो ।
राष्ट्र बैंकले पर्वका अवसरमा हुने कारोबारलाई सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । उक्त अवधिमा भएका कारोबारको सङ्ख्या र कुल रकमबारे सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।