पूँजीवाद : एक वास्तविक र स्वभाविक अर्थ व्यवस्था

२०८१ असोज १२ गते शनिवार
सारांश
  • प्रजातान्त्रिक प्रणालीको अपरिहार्य शर्त पूँजीवाद हो । जसरी राजनैतिकरूपमा प्रजातान्त्रिक प्रणालीले हरेक व्यक्तिलाई बोल्ने, लेख्ने-पढ्ने, सङ्गठन गर्ने र राजनीतिमा सहभागी हुने स्वतन्त्रता र अधिकार प्रत्याभूत गर्दछ, ठिक त्यसरी नै पूँजीवादले व्यक्तिलाई आर्थिक प्रणालीमा सहभागी हुने स्वतन्त्रता प्रदान गर्दछ ।

पूँजीवादी अर्थव्यवस्था, समाजवादी अर्थव्यवस्था वा मिश्रित अर्थव्यवस्था भनेर आर्थिक प्रणालीलाई नामाकरण गर्न थालिएको भर्खरै हो । तर जतिबेलादेखि मानव समाजले आर्थिक गतिविधि गर्न थाल्यो त्यतिबेलाको आर्थिक प्रणालीलाई आजको व्याख्याअनुसार पूँजीवादी आर्थिक व्यवस्था भनेर परिभाषित गर्न सकिन्छ । व्यक्तिले निजि सम्पत्ति राख्ने, आफ्नो बल, बुद्धि र विवेकले भ्याएसम्म श्रम गर्ने वा सिर्जनात्मक कार्य गरेर अर्थोपार्जन गर्ने कार्य मानव सभ्यतासँगै विकाश भएको हो । त्यसैले पूँजीवाद एक स्वाभाविक, वास्तविक र प्राकृतिक अर्थ व्यवस्था हो । यो व्यवस्थामा मानिसहरू आफ्नो क्षमताअनुसार र आफ्नो इच्छाअनुसार आर्थिक गतिविधिमा संलग्न हुन पाउँछन् । त्यसर्थ आर्थिक व्यवस्था वा अर्थनीतिको मौलिक स्वरूप पूँजीवाद नै हो । यद्यपि यो प्राकृतिक, मौलिक अर्थव्यवस्थाको वास्तविक नाम पुजिवाद होइन, यो त कम्युनिष्टहरूले आफू भन्दा भिन्न भएकोले गालीको लागि पूँजीवाद भन्ने शब्द प्रयोग गरेका मात्र हुन् ।

 

पूँजीवादी त्यस्तो आर्थिक व्यवस्था हो जसमा हरेक व्यक्तिलाई आर्थिक गतिविधिमा संलग्न हुने अधिकार शुनिश्चित गरिएको हुन्छ । यस्तो आर्थिक प्रणालीमा उत्पादनका साधनहरू (जमिन, श्रम र पुँजी) व्यक्ति अर्थात् बजारको नियन्त्रणमा हुन्छ । आर्थिक गतिविधिमा राज्यको नभइ व्यक्तिहरूको नेतृत्व रहन्छ । राज्य केवल नीति निर्माण गर्ने, सुरक्षा दिने र कानुनी सहजता प्रदान गर्ने भूमिकामा रहन्छ । देशमा आवश्यक सबै किसिमको उत्पादन र वितरणमा पुँजीपति व्यक्तिहरू र बजारको नियन्त्रण रहन्छ । हरेक व्यक्तिलाई आफ्नो इच्छाअनुसार श्रम गर्ने, पूँजी संकलन गर्ने र पूँजी परिचालनमार्फत उद्योग व्यवसाय सञ्चालन गरेर आर्थिक समृद्धि हाशील गर्ने अधिकार प्रत्याभूत गरिएको हुन्छ । प्रतिष्पर्धा यस आर्थिक प्रणालीको मुख्य विशेषताको रूपमा रहने हुनाले जति धेरै प्रतिष्पर्धा भयो त्यति नै धेरै उपभोक्ताले उच्च गुणस्तर र सस्तो मुल्यमा वस्तु तथा सेवा खरिद गर्न सक्छन् ।

 

प्रजातान्त्रिक प्रणालीको अपरिहार्य शर्त पूँजीवाद हो । जसरी राजनैतिकरूपमा प्रजातान्त्रिक प्रणालीले हरेक व्यक्तिलाई बोल्ने, लेख्ने-पढ्ने, सङ्गठन गर्ने र राजनीतिमा सहभागी हुने स्वतन्त्रता र अधिकार प्रत्याभूत गर्दछ, ठिक त्यसरी नै पूँजीवादले व्यक्तिलाई आर्थिक प्रणालीमा सहभागी हुने स्वतन्त्रता प्रदान गर्दछ । 

 

प्रजातान्त्रिक प्रणालीको अपरिहार्य शर्त पूँजीवाद हो । जसरी राजनैतिकरूपमा प्रजातान्त्रिक प्रणालीले हरेक व्यक्तिलाई बोल्ने, लेख्ने-पढ्ने, सङ्गठन गर्ने र राजनीतिमा सहभागी हुने स्वतन्त्रता र अधिकार प्रत्याभूत गर्दछ, ठिक त्यसरी नै पूँजीवादले व्यक्तिलाई आर्थिक प्रणालीमा सहभागी हुने स्वतन्त्रता प्रदान गर्दछ । आर्थिक उदारवाद, निजीकरण र पूँजीवाद एकअर्कामा अन्तरसम्बन्धित विषयहरू हुन् । पूँजीवाद भन्ने वित्तिकै निजीकरण र आर्थिक उदारवादसँगै जोडिएर आउँछ । विश्वमा समृद्ध देशहरूको सुची हेरौँ भने ती सबै देशहरूमा पूँजीवादको सही अभ्यास भएको देख्न सकिन्छ । अमेरिका, बेलायत, चीन, जर्मनी, न्युजल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा, भारत, दक्षिण कोरिया सबै देशहरूमा पूँजीवादको सफल प्रयोग भएको पाइन्छ ।

 

चीनले राजनैतिकरूपमा कम्युनिष्ट प्रणाली अवलम्बन गरेपनि आर्थिकरूपमा भने पूँजीवादलाई अवलम्बन गरेको छ । माओकालीन कम्युनिष्ट समाजवादले आर्थिक समृद्धि हाशील गर्न नसकिसकेपछि सन् १९७८ मा सत्तामा आएका देङ्ग शियाओ पिङले समाजवादलाई परित्याग गरी पूँजीवाद अवलम्बन गरेयता चीन शक्तिशाली बनेको हो ।

सैद्धान्तिक हिसाबले पूँजीवादको प्रणेता एडम स्मिथलाई मानिन्छ । स्कटिस अर्थशास्त्री स्मिथले आफ्नो पुस्तक द वेल्थ अफ नेसन १७७६ मा आर्थिक स्वतन्त्रताको कुरा उठाए । उनको पुस्तकमा पूँजीवाद शब्द वा यसको बारेमा उल्लेख त छैन तर उनको विचारअनुसार आर्थिक स्वतन्त्रता र व्यक्तिहरूले धन आर्जन गर्ने कुरा उल्लेख भएकोले यसलाई आजको आँखाबाट हेर्दा स्मिथको विचार पूँजीवादी थियो भन्न सकिन्छ । पूँजीवाद शब्दको प्रयोग सबैभन्दा पहिले औद्योगिक क्रान्तिको फलस्वरुप कार्ल मार्क्सको सिद्धान्तको व्याख्याको सन्दर्भमा आएको थियो । कार्ल मार्क्स जसले सम्पत्ति रहने कुराका साथै आर्थिक स्वतन्त्रताको विपरीत मत राखेका थिए ।

 

पूर्वीय दर्शन शास्त्रीको रूपमा कौटिल्यलाई पूँजीवादी अर्थशास्त्रीका रूपमा लिन सकिन्छ । कौटिल्यका अनुसार राज्यले न्युनतम कर लगाएर नागरिकहरूलाई आर्थिक समृद्धि हासिल गर्न जोड दिनुपर्ने कुरा उल्लेख गरेका छन् । कौटिल्यका अनुसार राज्यले नगरिकहरूसँग मौरीले फुलको रस चुसे जस्तो न्युनतम कर लगाउनुपर्छ । साथै उनले जमिनलाई पनि व्यक्तिगत (निजी), सार्वजनिक र धार्मिक गरेर तीन भागमा विभाजन गरेबाटै पनि निजी सम्पत्तिको पक्षमा कौटिल्य रहेको प्रष्ट हुन्छ । नागरिकहरू व्यापार व्यवसाय गर्न स्वतन्त्र हुने, राज्यले लगाउने करको सिमा र प्रकृति आदिका बारेमा अन्य शास्त्र जस्तै मनुस्मृति र महाभारत आदिमा पनि प्रशस्तै उल्लेख पाइन्छ ।

 

बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा स्पष्टसँग प्रजा मोटा भए दरबार बलियो हुनेछ भनेका छन् । यहाँ प्रजा मोटा अर्थात् नागरिकहरू आर्थिक रूपले सम्पन्न (धनी) भएमा राज्य (दरबार) बलियो हुने तर्क गरिएको छ । नागरिकहरू धनी हुने अवस्था त्यतिबेला सम्भव छ जब राज्यमा नगरिकहरूलाई आर्थिक गतिविधि गर्नमा स्वतन्त्रता दिइन्छ । त्यसैले पृथ्वीनारायण शाह पनि निजी सम्पत्ति र नागरिकको आर्थिक समृद्धिको पक्षमा भएको प्रष्ट देखिन्छ, जुन अहिले व्याख्या गरिएको पूँजीवादको प्रमुख विशेषता हो ।

 

बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा स्पष्टसँग प्रजा मोटा भए दरबार बलियो हुनेछ भनेका छन् । यहाँ प्रजा मोटा अर्थात् नागरिकहरू आर्थिक रूपले सम्पन्न (धनी) भएमा राज्य (दरबार) बलियो हुने तर्क गरिएको छ । नागरिकहरू धनी हुने अवस्था त्यतिबेला सम्भव छ जब राज्यमा नगरिकहरूलाई आर्थिक गतिविधि गर्नमा स्वतन्त्रता दिइन्छ । त्यसैले पृथ्वीनारायण शाह पनि निजी सम्पत्ति र नागरिकको आर्थिक समृद्धिको पक्षमा भएको प्रष्ट देखिन्छ, जुन अहिले व्याख्या गरिएको पूँजीवादको प्रमुख विशेषता हो ।

 

आज हामीले विश्वमा उत्पादित जे-जति भौतिक संसाधन सहजै प्रयोग गर्न पाएका छौँ, यो पुँजीवाद अर्थात् स्वतन्त्र, खुला आर्थिक नीतिको देन हो । जब मानिसहरू आर्थिक गतिविधि गर्नमा स्वतन्त्र हुन्छ, अन्तरदेशीय व्यापार पनि खुला र स्वतन्त्र हुन्छ तब विश्वको जुनसुकै कुनामा आविष्कार भएका विज्ञान र प्रविधिको उपभोग विश्वका जुन कुनै कुनामा बस्ने मानिसहरूले गर्न पाउँछन् । साथै आफ्नो क्षमता र सिपको बजार पनि विश्व नै बन्न सक्छ । वास्तवमा यो अवसर नै अवसरले परिपूर्ण अर्थ नीति हो । राजनैतिक रूपले स्वतन्त्र (प्रजातान्त्रिक) र आर्थिक रूपले स्वतन्त्र (पुजिवाद) भए मात्रै व्यक्ति पुर्ण रूपमा स्वतन्त्र हुन्छन् र असीमित उपलब्धिहरू हाशील गर्न सक्ने सम्भावनाका ढोकाहरू खुल्ला हुन्छन् । 

 

राज्यनियन्त्रित आर्थिक व्यवस्था (समाजवाद) आर्थिक समृद्धि सम्भव हुँदैन मात्रै होइन, विकासको गति नै रोकिन्छ । स्वतःस्फूर्त हुने नागरिक तहको आर्थिक गतिविधिसमेत रोकिन्छ । नागरिकहरू केवल राज्यले सञ्चालन गरेका उद्योग धन्दामा मजदुरको रूपमा काम गर्न विवश हुन्छन्, न क्षमताको नै कदर हुन्छ । तर समानता र धनी-गरिब बीचको दूरी मेट्ने मिठो नारामा मानिसहरू समाजवादप्रति आकर्षित भइरहेका छन् । धेरै देशहरूले समाजवाद कामै नलाग्ने व्यवस्था रहेछ भनेर आफैं भोगेर वा विश्वका अन्य देशहरूबाट पाठ सिकेर यसलाई परित्याग गरे । विश्वमा अत्यन्त कम देशहरूमा समाजवाद लागु भएका छन् र ती देशहरू विश्वकै दरिद्रतम देशहरू मध्ये पर्दछन् ।

 

नेपालको सन्दर्भमा मानिसहरू जानेर नजानेर समाजवादको रटान लगाइरहेका छन् । जसले समाजवादको पसल खोलेका छन्, तिनीहरूमा यस आर्थिक नीतिका बारेमा पर्याप्त ज्ञान नभएर वा यसमा केही समय अझै भोटको राजनीति देखेर समाजवादको नारा भजाइरहेका छन् । समाजवादको नारा भजाउँदै हामीले धेरै हदसम्म आर्थिक दरिद्रता भोगिरहेकै छौँ, दुर्घटना भने भइहालेको छैन । संविधानमै समाजवाद उन्मुख हुने भएर लेखिनु सबैभन्दा गम्भीर त्रुटि हो । जसले विदेशी लगानी विकर्षण गर्ने त भइहाल्यो, साथै स्वदेशमै आर्थिक गतिविधिमा संलग्नहरूलाई पनि त्रसित बनाइरहेको छ/गिज्याइरहेको छ । यसमा सचेत र बौद्धिक व्यक्तिहरूको मौनता झनै उदेकलाग्दो छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु