इरानले अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरेको दाबी
२८ जेठ, २०८३, बिहिवार
- इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ ।
काठमाडौँ: इरानको इस्लामिक रिभोलुसनरी गार्डले आफ्नो एयरोस्पेस बल र नौसैनिक युद्धक विमानहरूले अमेरिकी सेनाको उक्साहटपूर्ण गतिविधिको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ ।
इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ ।
यद्यपि इरानको उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसबीच कुवेती सेनाको प्रधान कार्यालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुपक्षका हवाई लक्ष्यहरूलाई अवरोध गरिरहेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा नागरिकहरूलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन र मार्गनिर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
साथै सेनाले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ । इरानी आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो
-
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना
-
राशिफल: वि.सं. २०८३ जेठ ३० गते शनिवार
-
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
धेरै पढिएको
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।