- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।
काठमाडौँ : उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।
उत्तर कोरियाली सरकारी समाचार संस्थाका अनुसार किमले कोरियाली युद्धका बेला चिनियाँ जनतासँग मिलेर लडेका गौरवशाली वर्षहरूलाई आफ्नो देशले सधैँ स्मरण गर्ने बताएका छन् ।
उनले युद्धका क्रममा उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञता भावी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
वर्षौँको ढिलाइपछि उद्घाटन गरिएको नयाँ पुललाई चीन र उत्तर कोरियाबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
यसअघि किमले सन् २०२५ को सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडमा सहभागिता जनाएका थिए। चिनियाँ राष्ट्रपति सी जीनपीङले पनि यसै वर्ष जुनमा उत्तर कोरियाको भ्रमण गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।