झापामा युवतीको हत्या गरि बोरामा पोको पारी खोलामा फाल्ने अभियुक्त पक्राउ
२०८३ जेठ २३ शनिवार
- गत जेठ १६ गते फेला परेको शवको सनाखत मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका–८ बसन्तटोल निवासी अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको रूपमा गरेका थिए।
झापा: झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारेर राखिएको अवस्थामा भेटिएकी एक युवतीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत जेठ १६ गते फेला परेको शवको सनाखत मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका–८ बसन्तटोल निवासी अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको रूपमा गरेका थिए।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिकसहितको टोली, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण र वरपरका निगरानी क्यामेराको दृश्य अध्ययन गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसियाकला ग्राम पञ्चायत, भरगामा थाना स्थायी घर भई हाल झापा दमक नगरपालिका–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित घटनामा संलग्न रहेको खुलेको थियो।
सोही आधारमा जेठ २१ गते राति करिब ११ बजे प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले पण्डितलाई दमक–५ स्थित डेराबाट पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितले मृतकसँग पैसासम्बन्धी विवाद भएपछि भएको झगडाको क्रममा हत्या गरेको स्वीकार गरेका छन्।
घटनासम्बन्धी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यानसम्बन्धी कसूर तथा जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितबाट मृतकसँग भेट हुँदा लगाएको भनिएको क्रिम रङको धर्के टिसर्ट, निलो रङको जिन्स पाइन्ट तथा एक जोर जुत्ता बरामद गरेको छ।
त्यस्तै मृतकलाई चढाएर लगेको भनी आरोपितले बताएका मे २ प ८२३ नम्बरको निलो रङको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बीवाइडी गाडीको राजस्व छली प्रकरण: रसुवागढीका भन्सार प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त
-
झापामा युवतीको हत्या गरि बोरामा पोको पारी खोलामा फाल्ने अभियुक्त पक्राउ
-
यस विश्वकप फुटबलदेखि लागु हुदैछन् यी नयाँ नियम
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
-
आजको राशिफल: २०८३ जेठ २३ गते शनिबार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।