आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
२०८३ अषाढ़ ०५ शुक्रवार
- आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
काठमाण्डौ, ०५ अषाढ़ । आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो । प्रत्येक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ ।
१९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । द्वन्द्वमा हुने यौन हिंसाको अन्त्यका लागि यो दिवसको खाका कोरिएको छ ।
‘द्धन्द्वसम्बन्धी यौन हिंसा’ शब्दले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, गर्भावस्था, गर्भपतन वा नसबन्दी, विवाह, महिला, पुरुष वा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा द्वन्द्वसम्बन्धी यौन हिंसा हुन् । जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । यसले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिबद्ध हुँदा व्यक्तिहरुको बेचबिखनलाई समेत समेट्ने गरेको हुन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय चलचित्र पुरस्कारमा मिरुना र नीर शाह उत्कृष्ट
-
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
विश्वकपमा आजराति अमेरिका र अस्ट्रेलिया आमने सामने
-
कस्तो आयो पोखरा महानगरको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ?
-
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।