एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
९ कार्तिक, २०८३
- नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूले गरेको योगदानको स्मरण गरेका छन् । नेपाली क्रिकेटको वर्तमान अवस्थासम्म आइपुग्न उनीहरूको निरन्तर संघर्ष, मेहनत र समर्पण महत्त्वपूर्ण रहेको थापाको भनाइ छ ।
उनले भनेका छन्- 'नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ।
सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
-
बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग
-
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते
-
एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।