दिपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

२१ बैसाख, २०८३, सोमवार
सारांश
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले  भट्टराई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

काठमाडौं: सर्वोच्च अदालतले  प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी दिपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

 

सोमबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले भट्टलाई अदालत उपस्थित गराउन आदेश दिएको हो।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले  भट्टराई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

 

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भट्टलाई पक्राउ गर्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र  महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरलाई रिटमा विपक्षी बनाइएको छ ।

 

भट्टलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो ।  

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार