- स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।
काठमाण्डौ, ०१ कार्त्तिक । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।
बार्सिलोनाका लागि लामिन यामलले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल बेटिसका भालेन्टिन गोमेजले २७औँ मिनेटमा बराबरी गोल गरे पनि रोड्रीले ४१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा गाब्रिएल जेससले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । त्यसको दुई मिनेटपछि एज अब्देले गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे ।
खेलको ६२औँ मिनेटमा एरिक गार्सियाले गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनायो । डानी ओल्मोले ८१औँ मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले ५–२ को प्रभावशाली जित सुनिश्चित गर्यो ।
दोस्रो हाफको ५४औँ मिनेटमा बार्सिलोनाका यामलमाथि टाउकोले प्रहार गरेको घटनामा रियल बेटिसका फाकुन्डो बर्नालले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगका अपराजित रहदै ९ खेलमा २७ अङ्क जोडेको छ । रियल बेटिस भने १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
-
बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग
-
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते
-
एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।