- इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् ।
काठमाण्डौ, १० कार्त्तिक । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् ।
बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनलाई लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो । यसअघि माइकल ओवेनले सन् २००१ मा यो अवार्ड जितेका थिए ।
केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए ।
यसपटक फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र स्पेनका लामिन यमाल तेस्रो स्थानमा रहे । केनले गत सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । इंग्ल्यान्डका लागि गरेको गोलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ गोलका लागि सहयोग गरेका थिए । बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका केनले जर्मन बुन्डेसलिगामा ३६ र च्याम्पियन्स लिगमा १४ गोल गरेका थिए ।
व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि केनले गत सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न सकेका थिएनन् । उनले बायर्नबाट जर्मन घरेलु दुई उपाधि जितेका थिए । उपाधिभन्दा व्यक्तिगत प्रदर्शन र गोल सङ्ख्यालाई प्राथमिकता दिँदै उनलाई बालोन डी’ओर प्रदान गरिएको हो ।
अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र निरन्तर मेहनत तथा आत्मविश्वासका कारण सफलता प्राप्त गरेको बताएका छन् । इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले केनको उपलब्धिलाई ठूलो सम्मान भनेका छन् भने राजकुमार विलियमले उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।