बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने

६ कार्तिक, २०८३
सारांश
  • रणवीर कपुर, साई पल्लवी, यश र सनी देओललगायत कलाकारको अभिनय रहेको चलचित्रलाई ठूलो बजेटमा निर्माण गरिएको छ । यसको प्रदर्शनअघि प्रचारप्रसार पनि तीव्र पारिएको छ ।

काठमाण्डौ, ०६ कार्त्तिक । निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ हलमा प्रदर्शनपछि ओटीटीमा पनि आउने भएको छ । निर्माता नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र जियोहटस्टारबीच भएको सम्झौताअनुसार चलचित्र उक्त डिजिटल माध्यमबाट प्रदर्शन गरिनेछ ।

 

रणवीर कपुर, साई पल्लवी, यश र सनी देओललगायत कलाकारको अभिनय रहेको चलचित्रलाई ठूलो बजेटमा निर्माण गरिएको छ । यसको प्रदर्शनअघि प्रचारप्रसार पनि तीव्र पारिएको छ ।

 

चलचित्र ओटीटीमा हेर्न दर्शकले नियमित सदस्यता शुल्कबाहेक अतिरिक्त रकम तिर्नुपर्ने जनाइएको छ । यसलाई ‘पे पर भ्यु’ प्रणालीअन्तर्गत उपलब्ध गराइनेछ, जसमा दर्शकले चलचित्र हेर्न छुट्टै पहुँच खरिद गर्नुपर्ने हुन्छ ।

 

चलचित्र ५ नोभेम्बर २०२६ मा भारतभरका हलमा प्रदर्शन हुने तय भएको छ र फिल्मको एडभान्स बुकिंग शुरु भइसकेको छ । तर ओटीटीमा सार्वजनिक हुने मिति भने आधिकारिक रूपमा घोषणा गरिएको छैन ।

 

सामान्यतया हलमा प्रदर्शन भएको आठदेखि १० हप्तापछि चलचित्र ओटीटीमा आउने भएकाले ‘रामायण’ सन् २०२७ को जनवरीतिर जियोहटस्टारमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको डिजिटल प्रदर्शन मिति र शुल्कबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार