फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
७ कार्तिक, २०८३
- फ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको छ ।
काठमाण्डौ, ०७ कार्त्तिक । फ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको छ । सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
सुरक्षाकर्मीसँगै विशेष प्रहरी टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधन पनि परिचालन गरिने जनाइएको छ । गत शनिबार भएको प्रदर्शनका क्रममा पसलमा तोडफोड, लुटपाट र सवारीसाधनमा आगजनी भएको थियो। घटनामा दुई हजार सात सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेको विवरण छ ।
प्रदर्शनका कारण पेरिससहित विभिन्न सहरमा रातिको निषेधाज्ञा र मानिसहरूको जमघटमा प्रतिबन्ध लगाइएको छ । पेरिसको लुभ्र सङ्ग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट जर्मेन र लियोनबीचको फुटबल खेल पनि स्थगित गरिएको छ। केही सहरमा सार्वजनिक यातायातमा समेत प्रतिबन्ध लगाइएको छ ।
विद्यालयको कमजोर अवस्थाविरुद्ध सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सुविधामा कटौतीको विरोधमा विस्तार भएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग भेट गरेका थिए । तर, प्रदर्शनमा प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति विद्यार्थी सङ्गठनहरूले असन्तुष्टि जनाएका छन् ।
सरकारी अनुमानअनुसार गत साताको प्रदर्शनमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको वा लुटपाट भएको थियो । पेरिसमा सुपरमार्केट, विद्युतीय सामानका पसल, बैंक र महँगा सामानका बिक्री केन्द्रलाई निशाना बनाइएको थियो। अन्य सहरमा पनि पसल, सार्वजनिक संरचना र ऐतिहासिक भवनमा क्षति पुगेको जनाइएको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक सहायता दिने घोषणा गरेका छन् । सरकारले पुनः हिंसा भड्किए अन्य क्षेत्रमा पनि निषेधाज्ञा लगाउन सकिने चेतावनी दिएको छ। विपक्षी नेताहरूले भने सरकारमाथि शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।