इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

११ जेठ, २०८३, सोमवार
सारांश
  • यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।

काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

 

कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला संक्रमणको त्रास बढेसँगै त्यहाँ स्यानिटाइजर र मास्कको मूल्य धेरै गुणा बढेको छ भने अस्पतालहरूमा बिरामीको चाप पनि उच्च रहेको छ ।

 

यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।

 

विश्वभर इबोला भाइरस रोग (ईभीडी) बाट संक्रमितमध्ये मृत्यु दर करिब २५ देखि ९० प्रतिशतसम्म रहने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखिएको थियो, जसमा सुडान र तत्कालीन जाइरे (हालको लोकतान्त्रिक गणतन्त्र कङ्गो) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

 

आपतकाल घोषणा पछि विभिन्न देशले विशेष गरी कङ्गो, युगान्डा र सुडान जाने वा त्यहाँबाट फर्किने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेकाछन्  । ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार