- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् ।
काठमाण्डौ, ०४ कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् ।
विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन् ।
उनले यस वर्षको दशैँमा धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित राख्न नहुने बताएका छन् ।
थापाले भनेका छन्, 'दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ ।'
उनले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।