जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन

९ कार्तिक, २०८३
सारांश
  • जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका अनुसार उनको अक्टोबर २२ मा निधन भएको हो । उनले सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । 

 

जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका अनुसार उनको अक्टोबर २२ मा निधन भएको हो । उनले सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

 

सन् १९३६ मा टोकियोमा जन्मिएका फुकुदाले तेल कम्पनीमा काम गरेपछि आफ्ना पिता तथा तत्कालीन राजनीतिज्ञ ताकेओ फुकुदाको सचिवका रूपमा काम गरेका थिए । उनका पिता प्रधानमन्त्री बनेपछि उनले कार्यकारी सचिवको जिम्मेवारी सम्हालेका थिए । सन् १९९० को तल्लो सदनको निर्वाचनबाट पहिलोपटक सांसद निर्वाचित भएका उनी लगातार सात कार्यकाल सांसद बनेका थिए ।

 

सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएपछि फुकुदा लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचित हुँदै प्रधानमन्त्री बनेका थिए । उनी ७१ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए, जुन उमेरमा उनका पिता ताकेओ पनि प्रधानमन्त्री बनेका थिए । जापानको संवैधानिक इतिहासमा प्रधानमन्त्री बन्ने उनीहरू पहिलो बाबुछोरा थिए ।

 

प्रधानमन्त्रीका रूपमा फुकुदाले जापान र चीनबीचको सम्बन्ध सुधारमा विशेष पहल गरेका थिए । उनको कार्यकालमा तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन्ताओसँग पारस्परिक भ्रमणको व्यवस्था भएको थियो । साथै, पूर्वी चीन सागरमा रहेका ग्यास क्षेत्रको संयुक्त विकासबारे दुवै देशबीच सहमति जुटाउन उनले भूमिका खेलेका थिए ।

 

सरकारप्रतिको जनसमर्थन कमजोर भएपछि फुकुदाले सन् २००८ को सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले सन् २०१२ को तल्लो सदनको निर्वाचनमा उम्मेदवारी नदिई सक्रिय राजनीति त्यागेका थिए । जापानकी वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीले उनको निधनप्रति दुःख व्यक्त गर्दै कठिन समस्याहरू समाधान गर्न फुकुदाले देखाएको अनुभव र दूरदृष्टिको प्रशंसा गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार