वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
२०८३ असार ०३ बुधवार
- उनले जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको उल्लेख गरेका थिए ।
काठमाडौँ: उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना जस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको जानकारी गराएका थिए ।
राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश निरन्तर सहयोग गर्न तयार रहेको बताए । उनले जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको उल्लेख गरेका थिए ।
भेटमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसबीच मित्रवत् सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै त्यसप्रति सन्तोष व्यक्त गरे । उनले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा हुने प्रसंग उठाउँदै आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले उच्च महत्वका साथ स्मरण गर्ने बताए ।
उनले नेपालले सोभियत संघ कालदेखि नै मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसबाट प्राप्त सहयोगको प्रशंसा गरे । पछिल्ला वर्षमा दुई देशबीच सांस्कृतिक तथा जनस्तरमा आदानप्रदान बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको शुभकामना समेत दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै
-
२९ खर्ब ६१ अर्ब १९ करोड पुग्यो सार्बजनिक ऋण
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
-
वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
-
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।