गगन थापाले शपथ ग्रहण तथा पदबहाली गर्दै

१ कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् ।

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् । 

 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज दिउसो २ बजे शपथ तथा पद बहाली कार्यक्रम हुने भएको छ ।

 

महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि थापाले आज शपथ ग्रहण तथा पदबहाली गर्न लागेका हुन् ।

 

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ तथा पद बहाली भने दशैँपछि हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार