ब्राजिलमा राष्ट्रपतिको दोस्रो चरणको मतदान आज, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

८ कार्तिक, २०८३
सारांश
  • ब्राजिलमा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान आज हुँदैछ । वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

काठमाडौँ : ब्राजिलमा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान आज हुँदैछ । वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 

अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियोले ४७ प्रतिशत र लुलाले ४५ प्रतिशत मत प्राप्त गरेका थिए । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । निर्वाचनअघिका सर्वेक्षणमा पनि दुवैबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

निर्वाचन प्रचारका क्रममा दुवै उम्मेदवारले महँगी, अपराध र भ्रष्टाचारका विषयमा एकअर्काको आलोचना गरेका छन् । लुलाले न्यूनतम ज्याला वृद्धि र गरिब परिवारलाई आर्थिक सहयोग गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् भने फ्लाभियोले बढ्दो महँगी, ऋण र अपराधलाई सरकारको कमजोरी बताएका छन् ।

 

लुला यसअघि तीन पटक राष्ट्रपति बनिसकेका छन् र चौथो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन् र उनले आफ्ना पिताको दक्षिणपन्थी राजनीतिक धारलाई अघि बढाइरहेका छन् ।

 

ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र तथा ब्रिक्सको संस्थापक सदस्य भएकाले निर्वाचनको नतिजालाई अन्तर्राष्ट्रिय रूपमा पनि चासोका साथ हेरिएको छ । लुलाको चीन र ब्रिक्स राष्ट्रसँगको सहकार्यलाई निरन्तरता दिने नीतिको तुलनामा फ्लाभियोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिन्छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार