२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४१ जना घाइते

८ कार्तिक, २०८३
सारांश
  • नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जना तथा कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।


काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जना तथा कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौँ उपत्यकामा ५ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा ३ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार