- हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।
काठमाण्डौ, १८ वैशाख । आज उभौली पर्व मनाइदै छ । प्रकृतिका पुजारी किरात समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् ।चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुमनिमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।
कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल आजभोली कमै देख्न पाइनेछ । अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ ।
हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ । यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै
-
२९ खर्ब ६१ अर्ब १९ करोड पुग्यो सार्बजनिक ऋण
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
-
वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
-
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।