- आज बडादशैँको टिकाको दिन आफु भन्दा ठुला र मान्यजनबाट टीका र आशिर्वाद लिएर मनाइँदै छ ।
काठमाण्डौ, ०४ असोज । आज बडादशैँको टिकाको दिन आफु भन्दा ठुला र मान्यजनबाट टीका र आशिर्वाद लिएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकेको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ । श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११" ५२ बजेको समय तोकिएको छ ।
समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।
समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।