भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
११ भाद्र, २०८३, बिहिवार
- बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।
काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।
देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।
त्यस्तै, लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्यूजील्याण्डका ५-५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३-३ जना, इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्याण्डस, पोर्चुगलका २-२ जना सम्पर्कविहिन रहेका छन् ।
त्यसैगरी, बेलारुस, बुल्गेरिया, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्याण्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीजरल्याण्डका एक एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डले कुल ६४४ जना बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका व्यक्तिका रूपमा राखिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
-
जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।