इप्पानमा नयाँ नेतृत्व, अध्यक्षमा मोहन डाँगी र वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन

३० जेठ, २०८३, शनिवार
सारांश
  • इप्पानको विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था भएअनुसार डाँगी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा मोहन डाँगी चयन भएका छन्।

 

इप्पानको विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था भएअनुसार डाँगी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

 

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा उत्तम भ्लोन लामा चुनिएका छन्। आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएका हुन्।

 

उपाध्यक्षमा सुसन कर्माचार्य, विक्रम विष्ट, हिमप्रसाद पाठक, उत्तरकुमार श्रेष्ठ र नरेन्द्र बल्लभ पन्त सर्वसम्मत चयन भएका हुन्।

 

महासचिवमा भ्लोन समूहबाट टेकनाथ आचार्य (टीएन) तथा उपमहासचिवमा कविता पोख्रेल चयन भएकी छन्।

 

कार्यसमितिमा पाँच जना सचिव रहने व्यवस्था छ। सचिवमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, सुमनकुमारी जोशी, कुवेरमणि नेपाल र विजयमोहन भट्टराई चयन भएका छन्।

 

कोषाध्यक्षको एक पदका लागि निर्वाचन भएको थियो। भ्लोन समूहबाट शंकर बस्याल र खतिवडा समूहबाट मिथुन चक्रवर्तीप्रसाद पौडेल प्रतिस्पर्धामा थिए। बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औ बार्षिक साधारण सभा एवं आठौ अधिवेशनमा निर्वाचित कार्य समिति
- अध्यक्ष: मोहनकुमार डाँगाी
- बरिष्ठ उपाध्यक्ष: उत्तम ब्लोन लामा
- उपाध्यक्षहरु
उत्तरकुमार श्रेष्ठ
नरेन्द्र बल्लभ पन्त
विक्रम विष्ट
सुसन कर्माचार्य 
हिमप्रसाद पाठक
- महासचिव: टेकनाथ आचार्य (टीएन आचार्य) 
- उपमहासचिव: कविता पोख्रेल 
- सचिवहरुमा 
अभिज्ञा मल्ल
ईशा श्रेष्ठ
कुवेरमणि नेपाल
विजयमोहन भट्टराई 
सुमनकुमारी जोशी 
- कोषाध्यक्ष: शंकर बस्याल 
- सदस्यहरुमा 
अनुप आचार्य
कदम केसी
जगदिश सिवाकोटी
जगतबहादुर पोखरेल
ज्योति गैरे
नारायण कंडेल
प्रतिमा ज्ञवाली 
मिलन खड्का 
संगीता धमला 
वर्णन लामिछाने 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार