दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव सुरु

३० जेठ, २०८३, शनिवार
सारांश
  • महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव शनिबारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

 

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकामा सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता गराउन सके मात्र खेल जीवनको बलियो आधार तयार हुने बताए । उनले सफल खेल जीवनको जग बाल्यकालदेखि निरन्तर अभ्यास र सहभागिताबाट बन्ने उल्लेख गर्दै पोखरा महानगरपालिकाले सबै उमेर समूहलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । खेलकुदलाई उहाँले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामूहिक भावना र सामाजिक एकताको माध्यमका रूपमा व्याख्या गरे ।

 

महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

 

समितिका सचिव बज्र अधिकारीका अनुसार 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पोखराका लागि खेलकुद' भन्ने नारासहित सुरु भएको महोत्सवमा सयौँ खेलाडीहरूको सहभागिता रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार