- स्वीजरल्याण्डका कप्तान तथा मिडफिल्डर ग्रानित जाका टोलीका प्रमुख आधार मानिन्छन् । स्विडिस फुटबलका अनुभवी खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भइसकेका छन्, जसमा जेर्डान शाकिरी, यान सोमर र फाबियन शार रहेका छन् ।
काठमाडौँ: जारी फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा आज राति कतार र स्वीजरल्याण्ड खेल्दैछन् । अमेरिकाको सान फ्रान्सिस्को बे एरिना स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।
दुवै टोली पहिलो खेलमै जित निकालेर प्रतियोगितामा बलियो सुरुवात गर्ने लक्ष्यमा छन् ।
चार वर्षअघि घरेलु भूमिमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको कतार यसपटक नयाँ आत्मविश्वाससहित विश्वकपमा फर्किएको छ । टोली अहिले अनुभवी प्रशिक्षक जुलेन लोपेटेगीको नेतृत्वमा छ । एसियाली छनोटमा कतारले सिधै स्थान बनाउन सकेन र प्लेअफ चरणबाट अघि बढ्दै संयुक्त अरब इमिरेट्सलाई निर्णायक खेलमा हराएर विश्वकपमा स्थान बनाएको हो ।
पछिल्लो विश्वकपपछि कतारले घरेलु मैदानमै एसियाली कपको उपाधि रक्षा गर्दै सफलता हात पारेको थियो । त्यसमा फरवार्ड अक्रम अफिफको महत्वपूर्ण भूमिका रहेको थियो । कप्तान हसन अल हायदोसले एसियाली कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए तर छनोट चरणअघि पुनः टोलीमा फर्किएका छन् । कतारले ओमान र संयुक्त अरब इमिरेट्स रहेको समूहमा शीर्ष स्थान हासिल गर्दै विश्वकप टिकट सुरक्षित गरेको हो ।
घरेलु विश्वकपमा तीनै खेल हारेको पीडादायी इतिहास बोकेको कतार यसपटक राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ । तर पहिलो खेलमै उसको सामना बलियो स्विट्जरल्यान्डसँग हुँदैछ ।
त्यस्तै स्वीजरल्याण्ड छनोट चरणमा अपराजित रह्यो र छ खेलमा मात्र दुई गोल खाँदै उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको थियो । टोलीमा स्विडेन, कोसोभो र स्लोभेनिया जस्ता राष्ट्रहरू थिए । प्रशिक्षक मुरात याकिनको नेतृत्वमा स्वीजरल्याण्डले पछिल्लो विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो, जहाँ पोर्चुगलसँग ६–१ ले पराजित भएको थियो। यस्तै युरो २०२४ मा इटालीलाई बाहिर पार्दै क्वाटरफाइनलसम्म पुगेको स्वीजरल्याण्ड अन्ततः इंग्ल्यान्डसँग पेनाल्टीमा पराजित भएको थियो ।
स्वीजरल्याण्डका कप्तान तथा मिडफिल्डर ग्रानित जाका टोलीका प्रमुख आधार मानिन्छन् । स्विडिस फुटबलका अनुभवी खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भइसकेका छन्, जसमा जेर्डान शाकिरी, यान सोमर र फाबियन शार रहेका छन् ।
तर टोलीसँग अहिले पनि रिकार्डो रोड्रिगेज, म्यानुएल अकान्जी, ब्रिल एम्बोलो जस्ता अनुभवी खेलाडी छन् भने नयाँ पुस्तामा रुबेन भार्गास, डान एनडोये र जोहान मान्जाम्बी जस्ता प्रतिभाशाली खेलाडी समावेश छन् ।
कतारको अन्तिम सम्भावित सुरुआती टोलीमा महमुद अबुनादा, अयुब अल ओवी, होमाम अहमद, बोउलाम खुखी, पेड्रो रो–रो, इस्सा लाये, अहमद फाथी, जासिम गाबर, अक्रम अफिफ, युसुफ अब्दुरिसाग र एडमिल्सन जुनियर रहेका छन् ।
त्यस्तै स्वीजरल्याण्डको अन्तिम सम्भावित टोलीमा ग्रेगर कोबेल, रिकार्डो रोड्रिगेज, सिल्भान विडमर, निको एल्भेडी, म्यानुएल अकान्जी, ग्रानित चाका, मिशेल एबिस्चर, रेमो फ्रायुलर, जोहान मान्जाम्बी, डान एनडोये र जेकी एमबोलो रहेका छन् ।
यो खेल समूह ‘बी’ को सुरुवातमै निर्णायक मानिएको छ, जहाँ दुवै टोलीको लक्ष्य विश्वकप यात्रामा बलियो छाप छोड्ने हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इप्पानमा नयाँ नेतृत्व, अध्यक्षमा मोहन डाँगी र वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन
-
दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव सुरु
-
काभ्रेमा बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन
-
नेइमारको चिन्तामा ब्राजिल, कहिले खेल्न सक्छन् ?
-
‘जेनजी डाक्टरलाई न्याय दे’ भन्दै माइतीघरमा युवा चिकित्सकको प्रदर्शन
धेरै पढिएको
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।