एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
८ कार्तिक, २०८३
- अभियानका संयोजक सौरभ राज पन्त ले नेपालका राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन–जी युवा पुस्ता, प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाण्डौ, ०८ कार्त्तिक । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ शीर्षकको खुला राष्ट्रिय अभियान अघि बढाइएको छ।
अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, प्रवासी नेपालीको ज्ञान, सीप तथा अनुभव र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर बहस अघि बढाउने लक्ष्य राखेको छ।
अभियानका संयोजक सौरभ राज पन्त ले नेपालका राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन–जी युवा पुस्ता, प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
“नेपालको भविष्यका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक छ। हाम्रो भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र एआईले ल्याइरहेको परिवर्तनलाई बुझ्दै सबै पक्षलाई साझा संवादमा जोड्नुपर्छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर तथ्य, अनुभव र विविध दृष्टिकोणका आधारमा नेपालको साझा बाटो खोज्नु नै यस अभियानको मूल उद्देश्य हो,” संयोजक पन्तले भने।
अभियानले एआई र प्रविधिको उपयोगलाई शिक्षा, रोजगारी, सुशासन, सार्वजनिक सेवा तथा समावेशी विकाससँग जोडेर हेर्नेछ। साथै, नेपालको स्वतन्त्र निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन हितलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकासका प्राथमिकताबारे रचनात्मक बहस अघि बढाइनेछ।
कुनै एक राजनीतिक दल, क्षेत्र वा समुदायमा सीमित नरहने यस अभियानले नेपालको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै तथ्यमा आधारित संवाद, फरक विचारप्रति खुलापन र रचनात्मक सहकार्यमार्फत साझा राष्ट्रिय समझदारी निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
आगामी दिनमा विभिन्न सरोकारवालासँग संवाद तथा विचार आदानप्रदानका पहलमार्फत नेपालको दीर्घकालीन राष्ट्रिय हित, प्रविधिमैत्री विकास र साझा भविष्यका लागि व्यावहारिक विकल्प पहिचान गर्ने अभियानको लक्ष्य छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
-
बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग
-
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते
-
एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।