भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
१५ भाद्र, २०८३, सोमवार
- नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
काठमाडौँ: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन् ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको बाढीपछि नेपाल पर्यटन बोर्डका अनुसार भदौ १४ गते साँझसम्म २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ । त्यस्तै, ५ जनासँग पुनः सम्पर्क स्थापित भएको छ । सम्पर्कमा आएकामध्ये ३ जना स्पेनका, १ जना अमेरिकाका र १ जना बेल्जियमका नागरिक रहेका छन् । अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका विदेशी नागरिक तथा पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । जसअनुसार भारतका १८०, चीनका ८९, जर्मनीका ४, इटालीका २, माल्टाका ४, बुल्गेरियाका १, ओमानका १, पोर्चुगलका १, रुसका २, स्विट्जरल्यान्डका १, टर्कीका २ र अमेरिकाका २ जना उद्धार भएका छन् ।
बोर्डले पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, पर्यटन क्षेत्रका सरोकारवाला तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने काम भइरहेको जनाएको छ । साथै प्रमाणित सूचना प्राप्त हुँदै गएपछि सोहीअनुसार जानकारी सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
-
बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।