टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

१० कार्तिक, २०८३
सारांश
  • नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ : नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।

 

यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।

 

प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल गर्न सकिने सुविधा र प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजको शुल्क मासिक भाडा शुल्कमै समावेश हुने नेपाल टेलिकमले जनाएको छ ।

 

यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट *१४१५*९३ डायल गर्न सक्नेछन्। नेपाल टेलिकमको मोबाइल अनुप्रयोगबाट पनि प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

 

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहेको कम्पनीले जनाएको छ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार