एप्पलको ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या, निःशुल्क साटीदिने घोषणा
१० कार्तिक, २०८३
- एप्पलको पहिलो पट्याउन फोल्ड मोबाइल ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या देखिएको छ ।
काठमाडौँ : एप्पलको पहिलो पट्याउन फोल्ड मोबाइल ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या देखिएको छ ।
फोनको बीचमा पट्याउने भागमा स्क्रिन फुट्ने र चर्किने गुनासो आएपछि कम्पनीले पनि केही फोनमा समस्या देखिएको स्वीकार गरेको छ ।
करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म पर्ने यो मोबाइल प्रयोग गरेको केही समयमै पर्दा बिग्रिएको प्रयोगकर्ताले बताएका छन् ।
प्रयोगकर्ताका अनुसार फोन पहिलोपटक खोलेर प्रयोग गरेको केही समयमै भित्री स्क्रिन आफैँ बिग्रिने समस्या देखिएको छ ।
विशेषगरी फोन बीचबाट पट्याउने भागमा यस्तो समस्या बढी देखिएको बताइएको छ । एप्पलले केही सीमित फोनमा भित्री स्क्रिनसम्बन्धी समस्या आएको जानकारी दिएको छ ।
कम्पनीले समस्या देखिएका फोन साटेर नयाँ फोन उपलब्ध गराउने जनाएको छ । आफ्नो आइफोन डुओको स्क्रिनमा समस्या देखिएमा ग्राहकलाई तत्काल एप्पलकेयरमा सम्पर्क गरी फोन साट्न आग्रह गरिएको छ । कम्पनीले सेप्टेम्बर ९ मा आफ्नो पहिलो पहिलो फोल्ड गर्न मिल्ने मोबाइल सार्वजनिक गरेको थियो ।
आइफोन डुओमा बाहिर ५.४ इन्चको पर्दा र भित्र ७.६ इन्चको मुख्य स्क्रिन रहेको बताइएको छ । यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै ठूलो स्क्रिन भएको आइफोन हो । यसको सुरुआती मूल्य १ हजार ९९९ अमेरिकी डलर र सबैभन्दा महँगो संस्करणको मूल्य ३ हजार १९९ अमेरिकी डलर रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।