श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी

४ जेठ, २०८३, सोमवार
सारांश
  • बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।

 

बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

 

श्रम संस्कृति पार्टीको सो ध्यानकर्षणपछि सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब देखि त्यस्तो नगर्न श्रम संस्कृति पार्टीका सांसदहरुलाई सचेत गराएका थिए ।

 

सभामुखले सचेत गराएपनि श्रम संस्कृति पार्टीका सांसदले पर्चा छातीमा टाँसेर बैठकमा बसिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार