इरानको नियन्त्रणमा रहेका अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना
४ जेठ, २०८३, सोमवार
- सोमबार विज्ञप्ति जारी गर्दै इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिदै यसअघि रिहा भएको विषय मन्त्रालयले सार्बजनिक गरको विषयमा क्षमायाचना गरेको हो ।
काठमाडौँ: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिदै यसअघि रिहा भएको विषय मन्त्रालयले सार्बजनिक गरको विषयमा क्षमायाचना गरेको हो ।
झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच २०२६ फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुआतमै अमृत झासहित अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले केश्म टापुबाट नियन्त्रणमा लिएका थिए ।
परराष्ट्र मन्त्रालयले २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी पठाएको जनाएको छ । उक्त जानकारी सम्बन्धित महाशाखामार्फत परराष्ट्र मन्त्री र सचिवलाई जानकारी गराइएको थियो ।
मन्त्रालयका अनुसार त्यतिबेला इरानको जटिल अवस्थाबीच नागरिकको अवस्थाबारे चासो बढेको र सञ्चारमाध्यम तथा परिवारबाट समेत लगातार जानकारी मागिएको अवस्थालाई ध्यानमा राख्दै अमृत झा रिहा भएको अनौपचारिक जानकारीका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । त्यसकै आधारमा परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए ।
मन्त्रालयले झालाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउन दोहास्थित नेपाली दूतावासलाई रिहाइसम्बन्धी लिखित प्रमाण जुटाउन निर्देशन दिएको जनाएको छ । तर केही दिनपछि प्राप्त विवरणअनुसार अमृत झा रिहा नभएको र सम्बन्धित मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको खुलाइएको छ ।
मन्त्रालयले पछि अमृत झाको परिवारलाई मन्त्रालयमा बोलाएर सम्पूर्ण वास्तविक अवस्था जानकारी गराइएको पनि जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो अवस्थामा विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इरानको कानुनअनुसार अदालतले मुद्दाको टुंगो लगाउने भएकाले अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
-
ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य
-
महानगरले निर्धारण गर्यो अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा
-
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाको फिर्ता
-
इरानको नियन्त्रणमा रहेका अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।