संसदमा रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

४ जेठ, २०८३, सोमवार
सारांश
  • सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न दिने आदेशको विषयमा प्रश्न उठाएका हुन् ।

काठमाडौं: प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ । 

 

सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न दिने आदेशको विषयमा प्रश्न उठाएका हुन् ।

 

सांसद न्यौपानेले मल्लको आदेश कुन इजलास हो भन्ने प्रश्न गर्दै अदालत आफ्नो सीमामा बस्न चेतावनी दिएका थिए । अदालतको सक्रियता मुद्धा फैसलामा नभएको तर स्वार्थको द्वन्द हुने किसिमका घटना हुन्छनकी भन्ने डर उत्पन्न भएको बताएका छन् । 

 

त्यस्तै रास्वपा सांसद बास्कोटाले न्यायालयलाई ध्यानाकर्षण गराउदै कामु प्रधानन्यायाधीशले दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कति ठिक हुन्छ, यो विषय संसदमा छलफल हुनुपर्ने बताएकी थिइन् । 

 

रास्वपा सांसदहरुले अदालतको विषयमा संसदमा कुरा उठाएपछि एमाले सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठेर आपत्ति जनाएका थिए । 

 

सांसद महरले निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिएका थिए । उनले अदालत र विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गर्न नपाइने संबिधानमै उल्लेख गरेको भन्दै आपत्ति जनाए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार