- भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
काठमाण्डौ, ०४ जेठ । नेपाली कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली बागमती प्रदेशको भेला धुलिखेलमा गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।
यसअघि काँग्रेसले वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिमस्तरीय, बैशाख २५ र २९ मा कर्णाली प्रदेशस्तरीय भेला र बैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो ।
काँग्रेसले यसअप्ची मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला गर्ने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
-
ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य
-
महानगरले निर्धारण गर्यो अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा
-
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाको फिर्ता
-
इरानको नियन्त्रणमा रहेका अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।